May 10 2010

काठमाडौ२७ बैशाख । सडकबाटै सरकार परिवर्तन गर्ने उदघोषसहित सडक आन्दोलन थालेको एकिकृत नेकपा माओवादीले अन्ततः सडक सदनसहित सबै विकल्पमाथि छलफल गरि समाधानको उपाय खोज्ने भएको छ ।
आजविहान बसेको स्थायी कमिटिको बैठकपछि सन्चारकर्मीहरुसँग सक्षिप्तप ्रतिकि्रया दिदै माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान राजनितीक निकासका लागि माओवादीले सडक सदन वा अन्य विकल्पवारे दलहरुसँग छलफल परामर्श गर्ने स्पष्ट पार्नु भयो । तर यथास्थितीमा सत्तारुढ दलहरुसँगको छलफलवाट निकासको सम्भावना समेत न्युन रहेको उहाँको स्पष्ट भनाईरहेको थियो । यथास्थितिमा संविधान सभाको म्याद गर्नुको कुनै औचित्य नभएको समेत उहाँले वताउनुभयो ।
उपाध्यक्ष डाक्टर भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपाल जनतावाट निर्वाचित नभएकै कारण कुसर्ीमा टाँसीईरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री नेपाललाई भोली जनतावाट निर्वाचीत हुनुपर्ने वारेमा कुनै चिन्ता नभएकोले वर्तमान गतिरोधको वाधक वनिरहेको उहाँको टिप्पणी रहेको छ ।
संचारकर्मीहरुसग कुराकानी गर्दै उपाध्यक्ष भट्टराईले त्यस्तो टिप्पणी गर्नुभएको हो । उपाध्यक्ष भट्टराईले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले राजीनामा दिनुको कुनै विकल्प नभएको वताउँदै सरकारको वार्ता आव्हान औपचारीकता मात्रै भएको स्पष्ट पार्नुभयो ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी कमिटिको वैठकमा माओवादी आन्दोलन दलहरुसँगको सहमती संविधान र शान्ति मै केन्द्रित रहेकाको स्पष्ट पार्नुभयो ।
उहाँले आजै दिउसो पुन वैठक वसेर भावी कार्यनीति टुंगो लगाईने वताउनुभयो । माओवादीले आज पुन संविधानसभामा प्रतीनिधीत्व गर्ने सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्दै छ । राजनीतिक निकासका लागि एकिकृत धारणा वनाउन वस्ने उक्त वैठक माओवादी पार्टी कार्यालयमै तिन वजे वस्ने वताईएको छ ।

Advertisements